जेठ ०६, २०८१, आइतबार
               

शनिबार ९५३ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

नेपालमा शनिबार थप ९५३ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७९० जना र ३ हजार ५२९ एन्टीजेन परिक्षणका क्रममा १६३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८ लाख ८१ हजार १०५ पुगेको छ । त्यस्तै कोभिड १९ का कारण थप ६ जनााको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै १ हजार ३७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि