जेठ ०६, २०८१, आइतबार
               

नागढुङ्गाबाट अवैध ९५ लाख नगद बरामद

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका  सागर माली र कृष्ण अढाडे छन् ।

भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो । 

सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए । उनले भने–‘ पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, हामी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख बरामद गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि