जेठ ०७, २०८१, सोमबार
               

रामेछापमा लुटपाट गर्ने चार जना पक्राउ

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । रामेछापमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक र छुरी देखाएर सुनका गरगहना, नगद लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप गोकुलगंगा गाउँपालिका-६ फर्पुका ३३ वर्षीय ठूले भन्ने मिलन तामाङ, २६ वर्षीय राहुल भन्ने लालबहादुर तामाङ, ३४ वर्षीय जंगे भन्ने आकाश तामाङ र १८ वर्षीय आशिष भन्ने भूमिराज तामाङ पक्राउ गरिएको छ। उनीहरुमध्ये २ जना रामेछाप र २ जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

लिखु तामाकोशी गाउँपालिका-६, जामुनेस्थित चन्द्रबहादुर बुढाथोकीको घरमा उनीहरुले भदौ ३१ गते लुटपाट गरेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरकी श्रीमती सुनीता र दुई छोरी मात्रै भएको समयमा उनीहरु घरमा आएका थिए । डाँका समूहले भरुवा बन्दुकको कुन्दाले हिर्काएर आमा छोरी तिनै जनालाई घाइते बनाएर सुनका गर गहना र नगद पैसा चोरेका हुन् ।

उनीहरु हिँडेपछि छोरीहरु छिमेकीको घरमा गुहार माग्न गएपछि प्रहरीले घटनाको जानकारी पाएका थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट तत्काल अनुसन्धान अधिकृत तथा घटनास्थल विशेषज्ञ र प्रहरी चौकी खिम्ति समेतको टोली परिचालन गरेको थियो । पक्राउ गरिएका व्यक्तिहरुले प्रारम्भिक सोधपुछमा आफ्नो कसूर स्वीकार गरेका छन्। प्रहरीले उनीहरुको साथबाट भरुवा बन्दुक जस्तो देखिने एक थान नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि