जेठ ०७, २०८१, सोमबार
               

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्र बाट लागुऔषध गाँजा बरामद गरेको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरी निरिक्षक कृष्णबहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोली ले लागुऔषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेको प्रहरीले जनाएको छ ।

तस्करहरुले नेपालबाट टाउकोमा बोकेर भारत तर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्ती टोली देखेपछि गाँजाको पोका फालेर भारतीय क्षेत्रमा तस्करहरु भागेका छन ।

सशस्त्र प्रहरी बल विओपी भिस्वा बंजारीले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि