जेठ ०६, २०८१, आइतबार
               

१७५ किलो गाँजासहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

प्रहरीले मकवानपुमा १७५ किलो लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-११ थानाभर्‍याङबाट १७५ किलो लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार ना३ख ५९५० नम्बरको ट्रकबाट गाँजा बरामद गरेको थियो।

गाँजा बोकेर हिँडेको ट्रकसहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहानगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्की छन्।


कस्तो लाग्यो ?

यो पनि