जेठ ०७, २०८१, सोमबार
               

अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए । 

पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि