असोज ०६, २०८१, आइतबार
               

आमालाई बचाउँदा छोराको मृत्यु

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार  करेन्ट लागेर झाको मृत्यु भएको हो ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् ।

उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।


कस्तो लाग्यो ?

यो पनि