जेठ ०६, २०८१, आइतबार
               

आज १ हजार ९५ संक्रमित थप हुँदा ८ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार ९५७ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरवना जित्नेकाे संख्या ७ लाख ५२ हजार १७० छन् भने देशभर २२ हजार ३२३ सक्रिय संक्रमित छन् ।

साथै आज थप ८ जना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ४८ पुगेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि