जेठ ०५, २०८१, शनिबार
               

झडप हुँदा महोत्तरीमा एकको मृत्यु, दुई पक्राउ

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

महोत्तरी । महोत्तरीमा आर्केष्ट्राको विषयमा दुई पक्षबीच झडप हुँदा  एकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका- २ स्थित  तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

उनको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । गएराति विश्वकर्मा पूजाको अवसरमा सोनमा गाउँपालिका वडा- ७ स्थिति मैनटोलामा आर्केष्ट्रा ल्याइएको थियो । सोही आर्केष्ट्रा हेर्न यादव समूहका व्यक्तिहरु गएपछि झगडा भएको थियो । सोही विषयलाई लिएर आज दुई पक्षबीच विवाद भयो । सो विवादले उग्ररूप लिएपछि  एकअर्कालाई कुटपिट गर्दा उनी घाइते भएका थिए ।

घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको छ भने उनका छोरा २४ वर्षीय मोदनारायण राय यादव र २२ वर्षीय सरोज यादव छन् । घाइते दुबैजनाको उपचार भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताए । 

घटनामा संलग्न रहेको आरोपमा सोनमा गाउँपालिका वडा - ७ का ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । यी बाहेक अन्य ४ जना बिच समेत कुटाकुट भएको थियो । तर यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि