जेठ ०५, २०८१, शनिबार
               

बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दियामा जंगली जनावर बँदेललाई छिमेकीले थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उक्त विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका –३ गोदानाका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीया श्रीमती सुनिता थारु र ४५ वर्षीया भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

शुक्रबार राति खेतमा पानी हेर्न गएको समयमा उनीहरु छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको कार्कीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि