असोज ०६, २०८१, आइतबार
               

कान्छीमाले ८० वर्षमा बल्ल पाइन् नागरिकता

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन्। राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् ।

असी वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी कान्छीमाले लामो सङ्घर्षपछि नागरिकता प्राप्त गरिन् । नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट बञ्चित हुनुपर्ने वाध्यता हटेको छ । 

नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरीे गुमाएकी कान्छीमालाई सरकारी सेवासुविधाका बारेमा केही थाहा छैन । दुर्गम टासी गाउँमा भिर, पहारा चहारेर दिनचार्य बिताइरहेकी उनलाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्तामात्रै पाए पनि सहज हुने थियो भनेर आवश्यक पहल गरेका थिए । 

विसं १९९८ मङ्सिर १० गते जन्मिएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग विसं २०२६ जेठ ५ गते विवाह गरिन् । उनले विवाह दर्तालगायतका पञ्जीकरणका काम कुनै गर्न पाइनन् । अर्को विवाह गरेका श्रीमानकाे विसं २०६८ असार १५ गते मृत्यु भएको थियो । कान्छी श्रीमतीपठ्ठिका छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्कालगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँदबारी आई उनले नागरिकता लिइन् । 


कस्तो लाग्यो ?

यो पनि