बैशाख २२, २०८१, शनिबार
               

भारतीय दूतावास आजादीका अमृत महोत्सव मनाउँदै

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

काठमाडौंस्थित भारतीय दूतावासले 'आजादीका अमृत महोत्सव' मनाउन थालेको छ । भदौ २९ देखि सुरु भएको पाक्षिक हिन्दी कार्यक्रम असोज १२ सम्म चल्ने छ ।

भदौ २९ गते ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै कार्यक्रमको आरम्भ भएको हो । पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रूपमा मनाउने गरिन्छ । वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषाविज्ञको सहभागिता रहेको भारतीय दूतावासले जनाएको छ । 

कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रूपमा सरिक थिए । भारतका हिन्दी भाषाविज्ञ डा. विजयकुमार मल्होत्रा वेबिनारमा सहभागी थिए । त्यस्तै नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र  दिग्गज हिन्दी साहित्यकार डा. रामदयाल राकेशको पनि वेबिनारमा उपस्थिति थियो । वेबिनारका सहभागीहरूले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रूपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे धारणा राखेका थिए ।

संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषाविज्ञहरूले यी भाषाहरूको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरूबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । सोही अवसरमा भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस जयशंकरको सन्देश पनि प्रस्तुत गरिएको थियो ।

पाक्षिक हिन्दी उत्सवअन्तर्गत दूतावासले असोज १२ सम्म श्रृंखलाबद्ध रूपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्नेछ । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रूपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधानसभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रूपमा स्थापित गरेको दिनलाई ऐतिहासिक रूपमा लिँदै प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ । 


कस्तो लाग्यो ?

यो पनि