जेठ ०६, २०८१, आइतबार
               

आज १ हजार ७६० संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार ७६० संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाकाका ४९५ जना छन् । 

कूल १६ हजार ८४४ नमुना परीक्षण (१२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ ।

६० लाख ४ हजार १९ ले पहिलो डोज खोप लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् ।  बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । आजसम्म नेपालका कोरोना संक्रमणको कारण १० हजार ९९१ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि