बैशाख २३, २०८१, आइतबार
               

टिकटक बनाउने क्रममा नवदुलहीलाई सेती नदीले बगायो

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदीमा टिकटक बनाउने क्रममा एक नवदुलही बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

५ दिन अघि मात्र विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुलचोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएकी हुन् । 

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि