जेठ ०६, २०८१, आइतबार
               

आफ्नै छोराको हत्या अभियोगमा दम्पती पक्राउ

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार ती दम्पतीले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो ।

शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको आज सूचनामार्फत जानकारी गराएको छ । 

मृतकको परिवारमा जग्गासम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलको अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो ।

मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो । बिस्तारामा, विद्युतकाे स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।

मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि