जेठ ०५, २०८१, शनिबार
               

करेन्ट लागेर एक जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको तार चुडिएर करेन्ट लाग्दा सडक पेटीमा हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतकको मानसिक सन्तुलनसमेत ठिक नभएको प्रहरीको भनाइ छ ।

उनी बजारमा मागेर गुजारा गर्ने व्यक्ति रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमको लागि प्राथामिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको इलामका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि