बैशाख २९, २०८१, शनिबार
               

एमाले सांसदद्वय पाण्डे र भट्टलाई एकीकृत समाजवादीको सांसद कायम गर्न अन्तरिम आदेश

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेश जारी गरेको छ। 

एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका हुन् ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुई सांसदले दल रोज्न पाउनेगरी अन्तरिम आदेश दिएको हो। 

निर्वाचन आयोगले नेकपा एकीकृत सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसदद्वय पाण्डे र भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो। 

२७ भदौमा न्यायाधीश मीरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारबाही नगर्न एमालेलाई आदेश गरिएको थियो।

यो पनि