जेठ ०५, २०८१, शनिबार
               

गुडिरहेको बसमा ढुंगा खस्दा एकको मृत्यु, तीन जना घाइते

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

बैतडी । जिल्लामा गुडिरहेको बसमा माथिबाट ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका – ८ झौलेकमा गुडिरहेको सुप. प्र. २००१ ख ११५६ नम्बरको बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ ।

उक्त बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका – ५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो  । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा बसमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए ।

घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका – ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका – ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि