जेठ ०५, २०८१, शनिबार
               

गैंडाकोटमा बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट – १० स्मृतिपुल नजिकै सु. प्र. ०२–००१ ख ११२३ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि