बैशाख ३०, २०८१, आइतबार
               

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ल्हमु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो ।

आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डा. अनेस केसीले बताए । सालनाल अड्किएपछि अत्यधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्चरक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि