पछिल्लो २४ घन्टामा देशभर ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सात हजार ८७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८३८ जनामा र तीन हजार १४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ जना छन् ।
पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।