जेठ ०५, २०८१, शनिबार
               

नेपालमा शनिबार १२ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा मुलुकमा कोरवना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । १३६८ जना निको भएका छन् । यससँगै मृतककाे संख्या १० हजार ९३६ पुगेकाे छ भने कूल निकाे हुनेकाे संख्या ७ लाख ३८ हजार ३४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

साथै  ९९४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८४० नमुना (६१३७ पीसीआर र ३७०३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सक्रिय संक्रमित संख्या घटेर २७ हजार ३५५ पुगेको छ । ६८ हजार ६३० जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि