जेठ ०६, २०८१, आइतबार
               

४१ जनालाई प्रहरीमा जागिरमा लगाएको भन्दै अफवाह फैलाउने कांग्रेस कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।

फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरूको नामसहित सार्वजनिक गर्ने नरेन्द्र गुरुङलाई प्युठान प्रहरीले शनिबार जुम्रीबाट पक्राउ गरेको हो ।

प्युठानकै ऐरावती गाउँपालिकाका गुरुङले लम्साललाई बदनाम गराउन गलत प्रचार गरेको नेपाली कांग्रेस प्युठानले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि