बैशाख १७, २०८१, सोमबार
               

टर्च र्‍यालीमा एक दर्जन घाइते

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

राष्ट्रिय युवा संघ नेपालले दार्चुलाको तुइन काण्डलगायतका घटनाको विरोध गर्दै काठमाडौंमा टर्च र्‍‍याली निकालेको छ। उक्त प्रदर्शनमा कार्यकर्ताहरूले प्रहरीमाथि इटा प्रहार गर्दा प्रहरीसहित एक दर्जन घाइते भएका छन् ।

 

युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह धामीको मृत्यु भएको घटना, अफगानिस्थानमा नेपाली  अलपत्र परेको, नेपाली आकासमा विदेशी हेलिकप्टर घुमेको, एमसिसीलगायतको विरोधमा शुक्रबार बेलुकी प्रदर्शन गरेको हो।

 


कस्तो लाग्यो ?

यो पनि