जेठ ०४, २०८१, शुक्रबार
               

सत्तारुढ दललाई मन्त्रीहरुको नाम दिन प्रधानमन्त्रीको आग्रह

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौ‌ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले मन्त्रीहरुको नाम दिन आग्रह गरेको हुन् । मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

गठबन्धन दलहरुभित्र मन्त्री बन्न खोज्नेहरुको संख्या धेरै भएकाले नाम टुंगो लगाउन शीर्ष नेताहरुलाई समस्या छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना हुन लाग्दासम्म देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि