असोज ०६, २०८१, आइतबार
               

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ ।  शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक सञ्चालनमा ल्याइएको  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 

यसअघि नै महाशाखाले राजधानीका विभिन्न स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो  ।


कस्तो लाग्यो ?

यो पनि