जेठ ०६, २०८१, आइतबार
               

आज १ हजार २७१ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार २७१ जना कोरोना संक्रमित थप भएका छन् । 

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा कोरोना परीक्षण गरिएको थियो । 

पछिल्लो २४ घन्टामा थप १४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९०३ पुगेको छ । यसै गरी आज एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ। 


कस्तो लाग्यो ?

यो पनि