जेठ ०५, २०८१, शनिबार
               

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । सिरहामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–७, हनुमानचोकमा मोटरसाइकल चालक २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो ।

सुखीपुर नगरपालिका–९ का उनको अस्पताल लाने क्रमा मृत्यु भएको जनाएको छ । दुर्घटनापछि उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटर साईकलमा बसेका एक युवक पनि घाइते भएको छ । घाइते युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको छ ।

स ५प २४ ०४ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट कसहाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि