जेठ ०४, २०८१, शुक्रबार
               

सङ्खुवासभाको पारिवारिक हत्याको अनुसन्धान सुरु, तालिमप्राप्त कुकुर परिचालन

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले बताए । 

सोमबार दिउँसो मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो । 

सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट प्रहरी उपरीक्षक ‘एसपी’ भीम दाहाल नेतृत्वको टोलीले सोमबार साँझ घटनास्थलमा पुगेर तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान सुरु गरेका हुन् । 

‘शव फेला परेको ठाउँमा कुकुरलाई सुँघाउने काम हुँदै छ’  घटनास्थलमा रहेका मेयर लिंथेपले भने–‘अहिलेसम्म हत्याको कारण थाहा भएको छैन, अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेका छौँ ।’ 

शव घरबाहिर चार ठाउँमा फेला परेको छ । ८ वर्षीय बालकको शव घरभन्दा १ किलोमिटर पर बारीमा फेला परेको छ । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेजबहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नवीराज राईले बताए । 

परिवारका एक जना सदस्य जीवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनी बोल्न सक्ने अवस्थामा छैनन् । सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सोमबार दिउँसो घटनास्थलमा पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि