जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेका ६ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका ६ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाका ३५ वर्षीय सुमितरत्‍न गुभाजु, मोरङका ३५ वर्षीय अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, नवलपरासीका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दीप विष्ट र काठमाडौं टेकुका २३ वर्षीय सोहिली शाही रहेका छन् ।

प्लस टु उत्तीर्ण नगरेका उनीहरुले डिभी परेपछि प्लस टुको नक्कली प्रमाण पत्र बनाएका थिए । उनीहरूले बुझाएको शैक्षिक प्रमाणपत्रमा शङ्का लागेपछि नेपालमा रहेको अमेरिकी दूतावासको कन्सुलर शाखाले ती विवरण प्रहरीमा पठाएको थियो । प्रहरीले उनीहरूलाई भदौ १८ मा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि