बैशाख २१, २०८१, शुक्रबार
               

आज १ हजार ८९ संक्रमित थप हुँदा २० जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ संक्रमित थपिएका छन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ।

आइतबार १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि