बैशाख २१, २०८१, शुक्रबार
               

सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, माधवकुमार नेपालविरुद्ध रिट दायर गरिएकाे मुद्दा आज पनि हेर्न नभ्याएनेमा राखिएकाे छ । समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको सर्वोच्च अदालतले जनाएकाे छ । 

एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ राखेको छ । रिटमा अध्यक्ष ओलीले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता खारेज गर्न माग गरेका छन् ।

सभामुख सापकोटाले कारबाही सिफारिस भएका १४ सांसदको कारबाही प्रक्रियालाई रोकेको पनि भनेका छन् । ती १४ जना सांसदलाई पदमुक्त गर्न ओलीले अन्तरिम आदेश माग गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।

 

यो पनि