बैशाख २१, २०८१, शुक्रबार
               

पोखरीमा डुबेर एक बालकको मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित धौलेचौरमा पानी संकलनका लागि निर्माण गरेको पोखरीमा डुबेर एक बालकको निधन भएको छ ।  मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

पानीमा डुबेर गम्भीर घाइते बुढाथोकीको उपचार गर्न धौलागिरी अस्पताल बागलुङ ल्याइए पनि अस्पतालले मृत घोषण गरेको प्रहरी उपरीक्षक इकवल हवारीले जानकारी दिए । पोखरी घरदेखि करिब एक सय मिटर टाढा छ । 

त्यस्तै विगत दुई दिनदेखि बेपत्ता भकुण्ड चमचाका २८ वर्षीय सागर थापा मृत अवस्थामा भेटिएका छन् । १८ भदौदेखि बेत्तपा थापाको घरदेखि अन्दाजी पाँच सय मिटर पश्चिम पहिरे खोलाको बीच भागमा मृत भेटिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि