बैशाख २१, २०८१, शुक्रबार
               

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता स् सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाडौँ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ।

प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरूपमा पनि परिवर्तन आएको छ । पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबिखन हुने गरेको पाइएको छ ।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्न थाले पछि बेचबिखनको नयाँ शैली प्रयोग गर्न थालिएको छ । अहिले भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, इन्डोनेसियालगायतका मार्गबाट मानव बेचबिखन हुने गरेको पाइएको छ । यस्तै, मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँ नयाँ एपको समेत प्रयोग हुन थालेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाको आवरणमा नेपालबाट मानव बेचबिखन हुने गरेको छ । अहिले कोरोना महामारीका कारण रोजगारी गुम्दा धेरैजसो बेचबिखनको जोखिममा परेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  यो आर्थिक वर्षमा मात्रै विभिन्न सङ्घ संस्थाको सहयोगमा १३ सय ३१ जनाको उद्धार गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि