जेठ ०४, २०८१, शुक्रबार
               

एक हजार २६८ सङ्क्रमित थपिए

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् ।

सङ्क्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।

सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । 

यस्तै ५५४ जना सघन उपचारकक्ष (आइसीयू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ ।


कस्तो लाग्यो ?

यो पनि