जेठ ०४, २०८१, शुक्रबार
               

अर्घाखाँचीमा मिनीबस दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । घाइते मध्ये दुईको अवस्था गम्भीर छ ।

घाइते ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि