जेठ ०४, २०८१, शुक्रबार
               

सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्गले  सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् ।

सैनिक विशेष अदालतमा परेको पुनरावेदनमा भएको सुनुवाइबाट उनीहरु दुवैले सफाइ पाएका हुन । अमल्दार गुरुङ्ग र सिपाही तामाङ्गलाई सोही वर्षको चैत १८ गतेबाट गणना हुने गरी तीन वर्ष पदोन्नति रोक्का र साविककै दर्जामा पुनःवहाली गर्ने अदालतबाट भदौ १७ गते भएको फैसला कार्यान्वयनमा गइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि