बैशाख २१, २०८१, शुक्रबार
               

पहिरोमा परेर पर्वतमा पाँच जनाको मृत्यु, तीन जना बेपत्ता

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । अविरल वर्षाका कारण जमीन गलेर पहिरो जाँदा पर्वतका विभिन्न ठाउँमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको  कुस्मा नगरपालिका – ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घरका ३ जना वेपत्ता रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए । त्यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीको भनाइ छ ।

त्यसैगरी सोही जिल्लाको मोदी गाउँपालिका – ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि