बैशाख २५, २०८१, मंगलबार
               

एआईजीहरूको सरुवा गर्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको हाे ।

निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् ।

मानव स्रोत तथा प्रशासन विभागमा रहेका निरज शाहीलाई भने प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

बढुवा भएको करिब दुई महिनासम्म जिम्मेवारी नपाएका एआईजी सहकुल थापाले जिम्मेवारी पाएका छन्। उनलाई कार्य विभागको जिम्मेवारी दिइएको छ।


कस्तो लाग्यो ?

यो पनि