बैशाख १५, २०८१, शनिबार
               

भरतपुर अस्पतालमा अख्तियारको छापा

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिता भएको भन्ने उजुरीका आधारमा आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाको नेतृत्वको टोलीले अस्पतालमा छापा मारेर केही कागजात जफत गरेको छ । 

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.कृष्ण पौडेलले भरतपुर अस्पतालको फार्मेसीमा बाहिर प्रचार भए जस्तो अनियमिता नभएको बताए । भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा धेरै बिरामी उपचारका लागि जाने गरेका छन् ।

औषधि खरिदमा अनियमिता, स्वास्थ्य बीमा गरेकाले फार्मेसीबाट औषधि नपाएको लगायत उजुरी परेकाले छानबिनका लागि केही कागजात जफत गरिएको आयोगले जनाएकाे छ । सरकारी अस्पतालले फार्मेसी चलाउनु पर्ने नियम छ । फार्मेसी चलाए पनि नियम अनुसार चुस्त व्यवस्थापन नभएको भन्ने उजुरीकाे आधारमा छापा मारिएकाे आयोगकाे भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि