जेठ ०४, २०८१, शुक्रबार
               

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । 

त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा–६ दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

योसँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ संक्रमित बिरामीको उपचार भइरहेको छ ।

तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले बताए । 


कस्तो लाग्यो ?

यो पनि