बैशाख २५, २०८१, मंगलबार
               

आज बागमती र गण्डकीका केही स्थानमा पानी पर्न सक्ने

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

आज माैसम प्रतिकूल रहने छ। नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, वाग्मतीका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ। 

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्रबार दिउँसाे प्रदेश १ र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि