जेठ ०४, २०८१, शुक्रबार
               

कर्तव्य ज्यान मुद्दाका फरार आरोपी पक्राउ

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका–१ का ३६ वर्षीय अनिलकुमार चौधरी छन् ।

उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

२०६९ साल जेठ १७ गते सोही डाउँका १८ वर्षीय अजय चौधरी बेपत्ता भएका थिए । उनको पाँच दिनपछि शव फेला परेको थियो ।

कर्तव्य गरी मारेको आरोप लागे पनि चौधरी त्यसयता फरार थिए ।

चौधरीलाई बारा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।


कस्तो लाग्यो ?

यो पनि