जेठ ०४, २०८१, शुक्रबार
               

आज २ हजार ५२ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ।

बुधबार ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १४६, ललितपुरमा १०२ र काठमाडौंमा ४७१ जना संक्रमित थपिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि