जेठ ०४, २०८१, शुक्रबार
               

पहिरोमा पुरिएर अर्घाखाँचीमा एकको मृत्यु, तीन जना घाइते

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीन जना घाइते भएका थिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ । 


कस्तो लाग्यो ?

यो पनि