जेठ ०४, २०८१, शुक्रबार
               

देशभर १ हजार ६६४ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

सो अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेको र ५३७ जना आइसियूमा रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि