जेठ ०६, २०८१, आइतबार
               

खैरो हेरोईनसहित ७ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

अवैध लागूऔषध खैरो हेरोईनसहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका-८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी गाउँपालिका-५ ठेगाना भएका पिटर लामा पक्राउ परेका हुन् ।

त्यस्तै काठमाडौं टोखा नगरपालिका-६ ठेगाना भएका ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङ नेत्रावती गाउँपालिका-४ ठेगाना भएका ३६ वर्षीय गोकुल तामाङ र धनकुटा खाल्सा शहिदभुमी गाउँपालिका-५ ठेगाना भएका ३० वर्षीय राज कुमार राई छन् ।

उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७.५ ग्राम लागूऔषध खैरो हेरोईनसहित भदौ ४ गते तथा गोकुललाई ४.५ ग्राम र राज कुमारलाई ७०.५ ग्राम लागूऔषध खैरो हेरोईन र डिजिटल तराजु सहित भदौ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि