असार ०२, २०८१, शनिबार
               

भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

ललितपुर । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो ।

उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् । 


कस्तो लाग्यो ?

यो पनि