बैशाख २३, २०८१, आइतबार
               

बाढीपीडितका लागि भारतले गर्‍यो राहत सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

भारतीय राजदूतावासले बाढीपहिरो पीडित १५ जिल्लाका लागि राहत सहयोग उपलब्ध गराएको छ ।

काठमाडौंस्थित नियोग उपप्रमुख श्रीमती नामग्या खम्पाले नेपाल-भारत महिला मैत्री समाजको अध्यक्ष एवं सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का नारायण ढकाललाई राहत सामग्री आज हस्तान्तरण गरेकी हुन् । राहत सामग्रीको मूल्य आठ करोड रुपैयाँ रहेको छ ।

नेपालका १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिने जनाइएको छ । राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ म्याट र औषधिलगायत छन् ।

बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत ती राहत सामग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ ।

यसअघि पनि विपद्को बेला भारत सरकारले नेपाललाई राहत सहयोग उपलब्ध गराउँदै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि