जेठ ०६, २०८१, आइतबार
               

थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ । 

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि